धनगढी : धनगढीमा योजना छनौटका लागी सल्लाहकार टिम गठन गरिन थालेको छ । वडाका योजना छनौट, अपराधिक क्रियाकलाप नियन्त्रण सगैं सफा र शुन्दर वडा बनाउने योजना सहित धनगढीमा वडा सचिवालय सल्लाहकार टिम गठन भएको हो । यो टिमले जनप्रतिनिधी र जनता बिचको दुरी कम गर्नुका साथै आवश्यक्ताका आधारमा योजना छनौट हुने अपेक्षा लिइएको छ । योजना छनौटमा सहजीकरण संगै जनताका समस्या सम्बोधनमा सहजता ल्याउने उद्देश्य सहित धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा सचिवालय सल्लाहकार टिम गठन भएको छ । २०८९ सालको स्थानिय तह निर्वाचनमा निर्वाचित भएको दुई बर्ष पुरा भएको अवशरमा आयोजित वडा बिषेश कार्यक्रमको अवशरमा सल्लाहकार टिमलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । वडाका योजना छनौट संगै शान्ति शुरक्षा कायम गर्ने उद्देश्य सहित वडामा सचिवालय टिम गठन गरिएको हो । वडाका ६ वटा गाउँबाट दुई÷दुई जना छनौट गरी १२ जनाको सचिवालय बनाइएको छ । यो सचिवालयले वडाका समस्या सम्बोधन गराउन जनप्रतिनिधीहरु सगं सहजीकरण गर्ने छ । पुर्व कर्मचारी, बुद्धिजिवी, राजनितिक दल, समाजसेवी लगायत अग्रजहरुलाई समेटेर टिम गठन गरिएको हो । यो टिमले योजना छनौटमा सहजीकरण गर्नुका साथै वडाका कामलाई चुस्त दुरुस्त बनाउन सहज हुने अपेक्षा लिइएको छ ।

सल्लाहकार समितिका सदस्य ललित केसीले हामी सबैको सहकार्यबाट बिकास सम्भव भएका कारण टिमले जनप्रतिनिधीहरुलाई सहजीकरण गर्ने बताए । वडा नम्बर १२ निकै सम्भावना र समस्या भएको वडा हो उनले भने “जनप्रतिनिधी ज्युहरुले केही पहल गरिरान्नु भएको छ, उहाँको तर्फबाट धेरै गरेको पाए, तर हामी वडाबासी आफ्नो कर्तब्य बिर्षिराखेका त छैनौँ, अरुलाई गरेन मात्रै भन्ने तर हामीले हाम्रो कर्तब्य भुल्ने काम गर्नु भएन त्यस कारण हामी सबै मिलेर शुन्दर अनी बिकसित वडा बनाउनुपर्छ, सरकारी बजेट जती आउँछ त्यसको सदुपयोग गरौँ, राम्रा र शन्ततीलाई समेत हित हुने गरी सबै एकजुट भएर लागौँ ।” यो एकदमै सह्रानिय काम छ स्थानिय नन्दराज जोशीले भने “पछिल्लो जनप्रतिनिधी आएपछि निकै उल्लेख्य काम भएको पाइयो, शिक्षामा सुधार भएको छ, योजना छनौटको तरिका परिवर्तन भएको छ, बिगतमा कोठे बैठकबाट योजना छनौट हुन्थे अहिले हेर्नुस, सबै जनताका सुझाव मागेर यस्तो कार्यक्रम भइरहेको छ, अब झन जनता सगैं जोडिनका लागी सल्लाहकार टिम समेत गठन गरेर जनप्रतिनिधीहरुले जनता सगं प्रत्यक्ष जोडिन खोज्नु भाछ, यो एकदम राम्रो हो ।”

वडाको आधा भुभाग भारतिय सिमाना सगं जोडिएको भएका कारणपनि शुरक्षाको चुनौती छ । यति मात्रै नभएर बजार भन्दा केही टाढा भएको जुगेडा गाउँमा अझैँ चेतनाको बिकास हुन सकेको छैन । यसका लागी वडा सचिवालय टिमले सहजीकरण गर्नुका साथै वडा भित्र रहेका शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायत समग्र बिकास निर्माणका काममा सुझाव सल्लाह समेत दिने काम गर्ने छ । जनप्रतिनिधीले नदेखेका समस्या सचिवालय टिमले देख्ने र समाधानको प्रयास गरिने वडा अध्यक्ष शेर बहादुर महराले बताए । हामीले धेरै काम सुधार गरेका छौँ, बिगतमा अपराधिक क्रियाकलाप दैनिक भइरहेका सुनिन्थे अहिले त्यो कम गर्न सफल भएका छौँ वडा अध्यक्ष महराले भने “शुरक्षाकर्मी सगं राती गस्ती गरेरपनि हामीले ६यापे र गुण्डागर्दी गर्नेहरुलाई केही हदसम्म तह लाउन सकेका छौँ, बिकास निर्माणका बिषय हामीले प्रस्ट राखिसकेका छौँ र यसको निगरानी गर्न सबै वडाबासीलाई अनुरोध गर्दछु, पछि गुनासो गरेर फाइदा हुन्न, काम भइरहेका योजना बारे जानकारी लिएर प्रत्यक्ष निगरानी राख्नुस, हाम्रो तर्फबाट कमजोरी भए हामीलाइपनि झकझक्याउनस तर वडा बनाउन एकजुट हुनुपर्छ ।”
वडा नम्बर १२ ले वडाका बुद्धिजिवी, समाजसेवी तथा राजनितिज्ञहरुलाई समेटेर सचिवालय सल्लाहकार टिम गठन गर्नु नौलो तथा रचनात्मक कार्य रहेको जनप्रतिनिधी बताउँछन् । वडाले बिकास निर्माण संगै सबै जनतासंग जोडिने गरी थालेका प्रयासले जनताका समस्या सम्बोधनमा थप टेवा पुग्ने अपेक्षा लिइएको छ । धनगढी उपमहानगरपालिकाका निमित्त प्मुख प्रशासकिय अधिकृत नरेन्द्र खातीले वडा नम्बर १२ को यो एकदमै नौलो र उपलब्धी देखिने काम रहेको बताए । वडा नम्बर १२ ले जनतासंग जोडिने गरी नौले कार्यक्रम ल्याएको छ यो एकदमै राम्रो हो उनले भने “यसले बिकास निर्माणमा जनताको सहभागितापनि बढाउँछ, र जनता र जनप्रतिनिधी सगैं रहेर बिकास गर्न सहज हुने छ ।”
धनगढी उपमहानगरपालिकाले थालेको हाम्रो धनगढी हामी बनाउ अभियानलाई समेत यो टिमले सहयोग पुग्ने अपेक्षा लिइएको छ ।
अग्रजहरुको सल्लाहले जनप्रतिनिधीको काम गर्ने गती झन बढ्ने धनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला रानाले बताइन् ।
धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रमा स्ट्रिट लाइट जडान देखी हरेक सडकमा बृक्षारोपण गरी हरियाली धनगढी अभियानलाई सार्थकता दिइरहेका बेला वडा नम्बर १२ बाट यस्ता कृयाकलापलाई थप टेवा पुग्ने खालका कार्य शुरु हुनु सुखद हो उनले भनिन् “हामीले वडा स्वास्थ्य क्लिनिक, क्यान्सु शिविर, सरसफाई अभियान, हरियाली अभियान लगायत धनगढी बनाउन थुप्रै अभियान थालेका छौँ, यसले धनगढीको बिकासमा निकै टेवा पुगेको छ, धनगढी १२ ले थालेको यो अभियानले समग्र वडा र धनगढीको बिकासमा महत्वपुर्ण भुमिका खेल्ने छ ।”

वडा बिषेश कार्यक्रमको अवशरमा १२ नम्बर वडामा स्थाई घर भएका अन्तराष्ट्रिय फुटवल खेलाडी चन्द्र भण्डारी र रोजिता बिष्टलाई नगद ५÷५ हजार प्रमाणपत्र सहित सम्मान गरिएको थियो । यस्तै वडामा रहेका बिभिन्न राष्ट्रिय खेलाडीहरुलाई नगद ३÷३ हजार प्रमाणपत्र सहित सम्मान गरिएको थियो । यस्तै खेल क्षेत्रमा महत्वपुर्ण योगदान दिएको मनकामना युवा क्लवलाइपनि सम्मान गरिएको थियो भने, दुई वटा बिद्यालयलाई समेत प्रमाणपत्र सहित सम्मान गरिएको थियो । यस्तै वडामा रहेका सामुदायिक बिद्यालयहरुमा स्वयंसेवक खेल शिक्षकका रुपमा हेमकर्ण रञ्जितकार सहित ४ जनालाई नियुक्त समेत गरिएको छ ।


