धनगढी । कैलाली र कञ्चनपुरबाट भन्सार छलीका अवैध सामान बरामद गरिएको छ । शनिवार जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुर चोकबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ४९ हजार मूल्यका लेडिज सुट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका—४ ट्राफिक चोक र पुनर्वास नगरपालिका—११ टाउके बजारबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ३७ हजार ५२० मूल्यको अवैध सामान बरामद गरिएको छ ।
उक्त मुल्य बराबरको प्याज, बिडी, सुर्ती, पेय पदार्थ, तरकारी र घाँसको बिउ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरीले जनाएको छ ।


