अत्तरिया। कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया बजार सहितका पाँच स्थानमा शुद्ध खानेपानीको व्यवस्था गरेको छ। केदार ग्रुपसंगको समुन्वयमा नगरपालिकाले बजार सहितका पाँच स्थानमा तातो, सादा र चिसो शुद्ध खानेपानीको व्यवस्था गरेको हो।
अत्तरिया बसपार्क, पूर्ब रोडको मालाखेती ईप्रका अगाडी, गोदावरी नगरपालिकाको कार्यालयमा, वडा नम्बर १ को कार्यकक्षमा र मालाखेती अस्पतालमा शुद्ध खानेपानीको ब्यावस्थापन भएको छ। तराईका जिल्लामा गर्मी मौसममा असाध्यै गर्मी तथा हिउदको समयमा कठ्याङ्ग्रिने जाडोलाई मध्यनजर गर्दै गोदावरी वासीका लागि शुद्ध खानेपानीको ब्यावस्थापन गरेको नगर प्रमुख बिरेन्द्र भट्टले बताए।
स्वस्थ जीवनका लागि शुद्ध पानी भन्ने मूल नारालाई मध्यनजर गर्दै पानी व्यवस्थापन गर्ने ठेक्का पाएको केदार ग्रुपले ५ ओटै स्थानमा १५० लिटरको ट्याङ्की सहित ब्यावस्थापन गरेको ग्रुपका संयोजक श्याम बमले बताए ।


