कञ्चनपुर। कञ्चनपुरको कृष्णपुरमा चेक बाउन्सको आरोपमा एक जना पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका वडा नम्बर ३ देखतभूलीका ५० वर्षिय चन्द्र बहादुर राना पक्राउ परेका हुन्।
ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीर बहादुर बुढाऐरले उनलाई बिहीबार पक्राउ गरिएको बताए। उनलाई पक्राउ गरेर बैंकिङ कसुरमा मुद्धा दर्ता गरिएको प्रहरी निरीक्षक बुढाऐरले बताए ।


