कञ्चनपुर। कञ्चनपुरको बेलौरीमा यौनधन्दा भईरहेको अवस्थामा होटल संचालिकासहित तीन जना पक्राउ परेका छन् । मंगलबार साँझ बेलौरी नगरपालिका–६, हात्तीबोझामा रहेको गुगल रेष्टुरेण्टमा यौनजन्य क्रियाकलापमा संलग्न रहेको भन्दै रेष्टुरेण्ट सञ्चालक सहित तीन जना पक्राउ परेका हुन्।
रेस्टुरेन्टबाट भारतिय नागरिक र नेपाली युवतीलाई प्रहरीले अनैतिक अवस्थामा देखेपछी उनीहरुलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलिले सोही ठाउँ बस्ने ३० वर्षिय रेस्टुरेन्ट संचालिका,धरान उपमहानगरपालिका–१ बस्ने २४ वर्षीय युवती र भारतको पुरनपुर बस्ने ४० वर्षिय रफिक अन्सारीलाई पक्राउ गरेको हो।
अनैतिक अवस्था दुई जनालाई फेला पारेपछि संचालिकासहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ। उनीहरुमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरिप्रसाद बजगाइले बताए।


