धनगढी। कैलालीको कैलारी गाउँपालिकाबाट एक लाख बढीका सामानसहित एक युवक पक्राउ परेका छन्। कैलालीको कैलारी गाउँपालिका-३ शिवरत्नपुरका २२ वर्षीय डिगम्बर चौधरी मंगलवार दिउँसो अबैध सामानसहित पक्राउ परेको प्रहरीले जनाएको छ।
भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ११ हजार ३ सय ५० मूल्य बराबरको चप्पल, जुत्ता, मोजा, हातको पन्जा, लेडीज कपडा, मोटरसाईकल १ थानसहित चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


