धनगढी : कैलालीको लम्कीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। बिहिवार साँझ पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ५ ख ८७०० नम्बरको बसले ठक्कर दिँदा मोहोन्याल गाउँपालिका ७ का ३७ वर्षीय डम्बरबहादुर विष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।
लम्कीचुहा नगरपालिका वडा नम्बर २ गणेशपुर चोकमा पैदलयात्रा गरीरहेका बिष्टलाई बसले ठक्कर दिदा गम्भीर घाईते भएका थिए। बिष्टलाई उपचारको लागि लालरत्न अस्पताल लगीएको थियो।