धनगढी : धनगढीबाट पक्राउ परेका बैकं एकाउन्ट ह्याकर नेपाली र भारतियहरुको टिम रहेको खुलेको छ । प्रहरीका अनुसार ४ जना भारतिय र ५ जना नेपालीहरु मिलेर कार्यालयनै खोलेर काम गरिरहेका ह्याकरको टिमलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा डोटीको सिखर नगरपालिका १० का २१ वर्षीय प्रसान्त बलायर, कञ्चनपुरको पुर्नवास नगरपालिका ६ बस्ने २९ वर्षीय मिन बहादुर सुनार, बेलडाडी गाउँपालिका२ बस्ने ३० को विशाल सुनार, २८ को कमल सुनार र २२ वर्षीय जयराम सुनाररहेको कैलालीका प्रहरी नायब उपरिक्षक कुलदिप चन्दले बताए । यस्तै भारतको दिल्ली पालङ्गा बस्ने ३२ वर्षका अमित कुमार , भारतको उत्तमनगर दिल्ली बस्ने २६ को कुनाल शर्मा, भारतकै करोलबाग दिल्ली बस्ने बर२४ को निखिल कुमार र भारतको दिल्ली बस्ने १९ वर्षीय प्रियंसु टापु पक्राउ परेका हुन् ।
यस्तै ह्याकरका प्रमुखको घरबाट ठुलो रकम बरामद गरिएको छ। यस ठगी धन्दाका मुख्य नाइके रहेका कञ्चनपुरको बेल्डाडी गाउँपालिका–२ का विशाल सुनारको घरमा प्रहरीले छापा हानेकोमा ४६ लाख ९१ हजार ६८० रुपैयाँ बरामद गरिएको छ। नेपाल राष्ट्र बैँक, धनगढी नजिक कार्यालयनै स्थापना गरेर उनीहरूले बैँकका खाताहरू ह्याक गर्ने र विभिन्न ठगीका कामहरू गर्दै आएका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
बुधवार सुदूरपश्चिम प्रदेश प्रहरी अन्तर्गत प्रदेश प्रहरी अनुसन्धान समूह (आरआइटी) का प्रहरि सहायक निरीक्षक अनिल विष्ट र आरआइटि कै प्रहरि सहायक निरीक्षक दिपेन्द्र किमाडी सहित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट पहरी नायक निरिक्षक प्रकाश कडायतको नेतृत्वमा खटिएको अनुसन्धान टोलीले सो समुहको कार्यालय पत्ता लगाएको थियो । सो पश्चात जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालको काण्डसहितको संयुक्त टोलीले सो गिरोहलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट विभिन्न कम्पनीका ल्यापटप र मोबाइल समेत बरामद गरिएको छ। लेनोभो कम्पनीको ल्यापटप ९ थान, डेल कम्पनीको ल्यापटप २ थान, विभिन्न कम्पनीका मोबाइल ८ थान, हेडफोन १२ थान, किबोर्ड १ थान र वर्डलिङ्क कम्पनीको वाईफाई र राउटर १ थान बरामद गरिएको प्रहरी नायब उपरिक्षक चन्दले बताए। नियन्त्रणमा लिएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखि थप अनुसन्धान भईरहेका चन्दले बताए। उनीहरूले अवैध रूपमा आईटी सेन्टर सञ्चालन गरी विभिन्न बहानामा मोनी लाउण्डरिङ्, बिमा दुर्घट्ना लगायत विषयमा प्रलोभनमा पारी पोल्याण्ड लगायतका नागरीकलाई अनलाईनमार्त ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।