धनगढी : समान बोक्ने मिनि ट्रकले १७ जना यात्रु हालेर हुँइकिदै गर्दा दुर्घटना भएको पाइएको छ । सोमबार कैलालीको गोदावरी नगरपालिका ४ बुढितोलामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको थियो भने १६ जना घाइते छन् । डडेल्धुराबाट धनगढी आउँदै गरेको खाली मिनी ट्रकले बाटोमा भेटिएका यात्रु समान राख्ने डालामा हाल्दै ल्याएको थियो । ट्राफिक प्रहरीका अनुसार बुडर, फलटुँडे लगायतका ठाँउबाट मिनी ट्रकले यात्रु हालेको पाइन्छ । सो यात्रु बोकेको से १ ख १४३८ नम्बरको मिनी ट्रक गोदावरी ४ बुढितोलास्थीत सेल्फीडाँडामा दुर्घटना भयो । दुर्घटनामा परी डोटीको जोरायल गाउँपालिका–२ की ५८ वर्षीया शोभा बिकको मृत्यु भएको हो ।
ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । ट्रक आफै अनियन्त्रीत भई सडकको छेउमा पल्टिएको जनाइएको छ । दुर्घटनामा परि जोरायल गाउँपालिका २ का ४० बर्षिय हुकुम बि.क सिरियश घाइते छन्, उनको धनगढी स्थित निशर्ग अस्पतालमा उपचार भइरहेको छ । यस्तै सोही ठाउँका घाइते बिपिन बिक, १४ बर्षिय जिवन बि.क, रंग कामी, वडा नम्बर १ का टेक बहादुर सारु कल्पना बि.क, यस्तै ५१ बर्षिय भजन बिकको निसर्ग अस्पतालमै उपचार भइरहेको छ । जोरायल कै ललिता सारु, आरती सारु, आर एल सारु, भरत मल्ल, १९ बर्षि भुवन मड, ४० राम बहादुर रावत, एकल रावत, जनक ऐर, २८ बर्षिय यादव रावतको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भइरहेको छ । पद्मा अस्पतालमा उपचाररत घाइतेहरुको अवस्था मध्यम तथा सामान्य रहेको प्रहरीले जनाएको छ ।
बाटोमा हात दिने जतीलाई मिनि ट्रक पछाडी हाल्दै ल्याएको अनुसन्धानबाट खुलेको ट्राफिक प्रहरीले जनाएको छ । ट्रक अनियन्त्रित भएर पल्टिएको प्रहरीको भनाई छ । मिनि ट्रक चालक डडेल्धुरा अमरगढी नगरपालिका १ का १९ बर्षिय केशव ऐरलाई प्रक्राउ गरी इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको र थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।


