धनगढी : सुदुरपश्चिम प्रदेशका उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश सिहं धामीले सुदुरपश्चिमको प्रशिद्ध धार्मिक स्थल तथा एशियाकै लामो गुफा पत्ताल भुमेश्वरको दर्शन तथा अवलोकन गरेका छन् । मन्त्री धामीले आज पत्तालभुमेश्वर गुफाको अवलोकन गरेका हुन् । दार्चुलाबाट बिभिन्न कार्यक्रम सकेर प्रदेशको राजधानी धनगढी आउने क्रममा मन्त्री धामीले सो गुफाको अवलोकन गरेका हुन् । मन्त्री धामीले गुफाको इतिहाँस बारेपनि स्थानिय बाट जानकारी लिएका हुन् ।
अवलोकन गर्दै मन्त्री धामीले पत्ताभुमेश्वर निकै पर्यटकिय सम्भावना बोकोको ठाउँ रहेको बताए । तल गुफा अनी माथी ताल भएको यस क्षेत्रलाई धार्मिक र पर्यटकिय हिसाबले बिकास गर्नुपर्नेमा उनले जोड दिए । ताललाई नैनी तालको जस्तै बिकास गर्नुपर्नेमा जोड दिएका धामीले यसको प्रचार प्रसार संगै बिकासमा समेत तिनै तहका सरकारले हातेमालो गर्नुपर्ने बताए ।
प्रदेश सरकार सबै पर्यटकिय क्षेत्रको प्रबद्र्धन गरी पर्यटक भित्र्याउने बिषयमा कटिबद्ध छ मन्त्री धामीले भने “आज लगानी गरेको ठाउँले हामीलाई भोली सहयोग पुग्ने किसिमले हामी लगानी गर्छौँ, लगानी गरेर कुनै प्रतिफल नआउने क्षेत्रमा लगानी गर्छौँ, यस्तै लगानीका लागी स्थानिय सरकारलाइपनि आग्रह गर्दछौँ र हामी पत्तालभुमेश्वरको बिकास र पर्यटन प्रबद्र्धनका लागी पाटन नगरपालिका र सुर्नया गाउँपालिकासंग सहकार्य गर्न तयार छौँ कसरी यसलाई सबै ठाउँमा चिन्न सकिने र सुन्दर अनी रमणिय बनाउन सकिन्छ प्रदेश अनी स्थानिय तह सहकार्य गरौँ ।”