धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले तीन दिन धान नकाट्न किसानलाई आग्रह गरेको छ। पानी पर्ने सम्भावना रहेको भन्दै उपमहानगरपालिकाले सोमबार देखि बुधबार सम्म धान नकाट्न किसानलाई आग्रह गरेको हो ।
जल तथा मौसम विज्ञान विभागले पनि नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ। यही समयमा पानी परेका कारण दुई वर्षअघि धनगढीमा ठूलो मात्रामा धानबालीमा क्षति पुगेको थियो।
त्यस समयमा किसानहरूले धान काटेर राखेका थिए। अहिले पनि पानी परे काटेको धानबालीमा क्षति हुनसक्ने भएकोले समयमै सचेत हुन उपमहानगरपालिकाले अनुरोध गरेको हो।