धनगढी। कैलालीको एक शिविरबाट दुई बालिका बेपत्ता भएका छन्। कैलालीको गौरीगंगा नगरपालिका-८ बडैपुर शिविरमा बस्दै आएका पार्वती बोहराकी ९ वर्षीया छोरी मुना बोहरा र सोहि शिविरमा बस्दै आएकी गंगा ओलीकी १० वर्षीया छोरी गौरी ओली बेपत्ता भएका छन्।
उनीहरु साउन २६ गतेदेखि बेपत्ता भएका छन्। दुबै बालिका साउन २६ गते शुक्रबार दिँउसो घर नजिकैको लिक्मा नदिमा नुहाउन गएका थिए। अहिलेसम्म ती बालिका कतै फेला नपरेको इलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी नायब निरीक्षक गणेशबहादुर धामीले बताए। दुबै बालिका नजिकैको त्रिपुरेश्वर प्राविमा अध्ययनरत थिए। बालिका बेपत्ता भएको लामो समय वितिसक्दा पनि फेला नपरेपछि परिवारमा रुवाबासी चलेको छ।बेपत्ता भएका दुई बालिकाको खोजी गरिदिन आग्रह गरिएको छ ।


