धनगढी। धनगढीमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ। धनगढी उपमहानगरपालिका–३ शान्तिटोलबाट २३ वर्षीय विकाश चौधरी र चुरे गाउँपालिका–५ का २४ वर्षीय दिपक अर्खालीमगर शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट २०० मिलिग्राम लागूऔषध बरामद गरिएको छ। दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।