कैलाली। कैलालीमा विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका-२ त्रिनगर व्यारेल नजिकबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी रुपैयाँ आठ हजार ८५० मूल्य बराबरको सामान बरामद गरेको हो । चिनी, पानी पुरी, कुर्ती लगायतका सामानहरू रहेका छन्।
त्यस्तै भजनी नगरपालिका-५ ठेकी पुलबाट अन्दाजी रुपैयाँ एक लाख २० हजार बराबरको हार्डवेयरका सामानहरू शुक्रवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


