कञ्चनपुर। कञ्चनपुरमा काठको मिलबाट लागूऔषध खैरो हेरोईनसहित २ जना पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका-१० सडकघाटबाट १ ग्राम ७४० मिलिग्राम खैरो हेरोईनसहित सोही ठाउँका-२२ वर्षीय दिपक चौधरी र बेलौरी-८ का ३३ वर्षीय सागर ठगुन्ना पक्राउ परेका हुन्।
शुक्रबार साँझ इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिइएको संयुक्त प्रहरी टोलीले ठगुन्नाले सञ्चालन गरेको काठको मिलमा चेकजाँच गरेको थियो। चेकजाँच क्रममा लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


