धनगढी। कैलालीको धनगढी उप-महानगरपालीकाबाट २ जना बालक हराएका छन्। धनगढी वडा नम्बर ५ का १४ बर्षीय प्रशान्त जोशी र सोही ठाउँका १३ बर्षीय बिप्लप बम हराएका हुन्। दुबै जना आज शुक्रवार बेपत्ता भएका हुन।
दुबै जना बालक ग्यालेक्सी बोर्डिङ स्कुल धनगढीमा अध्ययन गर्दै आएका उनीहरु आज बेपत्ता भएका हुन्। बालकका आफन्तहरुले खोजतलास गर्दा समेत फेला नपरेपछि जिल्ला प्रहरी कार्यालय कैलालीमा निबेदन दिएका छन् । बालकहरुको खोजीगरिदिन र बालक देख्नु हुने व्यक्तीले प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा जेष्ठ नगरिक सेवा केन्द्रको १०४ मा सम्पर्क गरी सहयोग गरिदिनहुन उनीहरुले अनुरोध गरेका छन् ।


