कञ्चनपुर। कञ्चनपुरकी कलावती विष्ट(साउद)को मृत्यु घटनाको सत्यतथ्य छानबिन गरेर दोषि माथी कार्बाही गर्न माग गरिएको छ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरकी कलावतीको मृत्यु घटनाको सत्यतथ्य छानबिन गरेर दोषिमाथी कार्बाही गर्न माइती पक्षले माग राखेका छन। बुधबार कलावती घरमै झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन।
कलावतीका श्रीमान अर्जुन साउद भारतमा रोजगारीमा कार्यरत छन। विवाह भएको दोसो बर्ष र २२ दिने दुधे बालक छाडेर कसरी उनले आत्महत्या गरेको मृतक कलावतीका भाई सुरेन्द्र विष्टले बताए । उनले दिदिको सामान्य अवस्थामा मृत्यु नभएको भन्दै घटनाको सत्यतथ्य छानबिन गर्दै दोषि उपर कार्बाहीको माग अघि सारेका छन । प्रहरीले उक्त घटनाको छानबिन भईरहेको जनाएको छ । मृतक कलावती घर नजिकै झुण्डिएर मृत फेला परेकी थिईन ।


