धनगढी। कैलालीमा बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका ६ बस्ने ३३ वर्षीय भुवन कुँवर पक्राउ परेका हुन।
जिल्ला अदालत कैलालीले २०७९ मंसिर १४ गते कुँवरलाई बहुविवाह मुद्दामा ११ महिना ११ दिन कैद र १० हजार जरिवाना तोकि फैसला सुनाएपछि उनी फरार भएका थिए। सोहि बारे अनुसन्धान पछि घर ठेगानामा फेला पारी बुधबार साँझतिर कुँवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।