कञ्चनपुर। कञ्चनपुरमा काठ चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
कञ्चनपुर को कृष्णपुर नगरपालिका–६ का ६३ वर्षीय गोरे रोकाया बुधबार पक्राउ परेको कञ्चनपुर प्रहरीले जनाएको छ। २०५३ असाढ २६ काठ चोरी मुद्दामा एक वर्ष कैद र १५ हजार ३८० रुपैयाँ जरिवाना सजाय तोकिएका रोकाया त्यसयता फरार थिए। आज उनलाई घरबाटै पक्राउ गरेर जिल्ला अदालत कञ्चनपुरमा पेश गरिएको प्रहरीले जनाएको छ।