दार्चुला। उध्योग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश सिंह धामिले सुदुरपस्चिमकै अग्लो हिमाल अपि बेस क्याम्पमा पुगेर ४३ औं अन्तरास्ट्रिय पर्यटन दिवस मनाएका छन्।
धनगढीबाट एकदिन गाडी र २ दिन पैदल हिनेर अपि बेस क्याम्प पुगेका मन्त्री धामिले जनताका दुख बुझ्न लाई पैदल मार्ग बाट अपि पुगेको बताए। अपि बेस क्याम्प सम्म पुग्न भोग्नुपर्ने कठिनाइबारे पैदल यात्राले जानकार भएको उनले बताए।
प्रदेश सरकार स्थानीय तह शीत समन्वय गरेर अपिको बिकास गर्ने उनले प्रतिबद्धता गरे। अपि हिमाल गाउँपालिका र प्रदेशको उध्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयको आयोजना तथा नाटा सुदुरपस्चिमको ब्यस्थापनमा आयोजित पर्यटन दिवसमा सुदुरपस्चिमका विभिन्न जिल्ला बट करिब ५ सय पर्यटक अपि बेस क्याम्प पुगेका थिए।