धनगढी। कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन्। कैलालीको गौरीगंगामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक १३ वर्षीय बालक घाइते भएका छन्। उनको पहिचान खुलेको छैन् ।
जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुरस्थित साइकल सवार रहेका उनलाई पुर्व–पश्चिम राजमार्गमा पुर्वतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ६१८६ नम्बरको मोटरसाइकलले ठक्कर दिँएको थियो।घाइतेको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।