धनगढी। कैलालीको धनगढीमा भोलि (मंगलवार)बाट विद्युत अवरुद्ध हुने भएको छ। भोलि मंगलवार देखी बिहान ६ बजेदेखि ११ बजेसम्म पाँच दिन विद्युत सेवा अवरुद्ध हुने भएको नेपाल विद्युत प्राधिकरण केन्द्र धनगढीले जनाएको छ ।
क्षेत्रीय सहरी विकास आयोजनाबाट निर्माणधिन कैलाली पुल देखि चौराहा सम्मको सडक खण्ड विस्तारको क्रममा विद्युतीय संरचना स्थानान्तरण गर्दा हसनपुर क्षेत्रको विद्युत अवरुद्ध हुने जनाएको छ । नेपाल विद्युत प्राधिकरण धनगढी बितरण केन्द्रले सुचना जारी गर्दै धनगढी सवस्टेसन अन्तगत हसनपुर फिडरको विद्याुत अवरुद्ध हुने जानकारी गराएको छ । साथै यसबाट ग्राहक बर्गमा पर्न जाने असुविधाका लागी नेपाल विद्युत प्राधिकरण धनगढी बितरण केन्द्र क्षमा प्राथी रहेको बताएको छ।