कञ्चनपुर। शुक्रबार बिहान उखुबारीमा वेवारिसे अवस्थामा फेला परेकी ९ महिने दुधे शिशुलाई बुवाको पहिचानमा समस्या भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–७ बैरैया हातिबोझाको उखुबारीमा शुक्रबार बिहानै ९ महिने दुधे शिशु (छोरी) को हात बाँधेर निर्दयी आमा शर्मिला चौधरी भागेकी थिइन्।
परपुरुषसँग भाग्दै गरेकी निर्दयी ति आमा शर्मिला चौधरीलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो।शर्मिलाको माइती घर पुनर्वास नगरपालिका-२ अमरैया हो।शर्मिलाले यसअघि बेलौरी नगरपालिकाका अजय चौधरीसँग भागी विवाह गरेकी थिइन्। केही समय विवाहित जीवन राम्रो चले पनि पछि अजयलाई छाडेर उनले बैलौरीकै सुन्दर चौधरीसँग भागी विवाह गरेकी थिइन्।
शर्मीलाबाट एउटा जन्मिएको शिशु कसको बच्चा हो, बुवा को हुन् भन्ने पहिचान नभएपछि श्रीमान् सुन्दर चौधरीसँग विवाद भएको थियो।शिशु कसको बच्चा हो ? भन्ने एकिन नभएपछि सुन्दरसँग वाक्क दिक्क भएकी उनी बेलडाँडी–३ वैवाहका प्रेम डगौरासँग भाग्न लागेकी थिइन्।शिशुका कारण श्रीमानसँग रातदिन झैझगडा र किचलो हुन थालेपछि सामाजिक सञ्जाल फेसबूकमार्फत चिनजान भएका वैवाहका प्रेम डगौरासँग भागेर विवाह गर्न लागेकी उनलाई प्रहरीले शनिबार पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले बच्चालाई उखुबारीमा छाडेर फरार हुने शर्मिलालाई पक्राउ गरेर आवश्यक अनुसन्धान अघि बढाइएको बताए। ‘९ महिने शिशुलाई उखुबारीमा अलपत्र छाडेर भाग्ने आमा शर्मिलालाई प्रहरीले पक्राउ गरिसकेको छ । सर्मिला चौधरीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान अघि बढाईएको उनले बताए । उता आफ्नै कोखबाट जन्मिएको बच्चालाई यसरी शिशुलाई अमानविय रुपमा उखुबारीमा छाडेर परपुरुषसंग भाग्ने महिलामाथि कानुनी कार्बाहीको माग स्थानीयले अघि सारेका छन्।