धनगढी। कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका प्रयोग गरी मानव बेचबिखनका घटनाहरु बढ्न थालेका छन्। कैलाली र कञ्चनपुरको भारतसँग सीमा जोडिएका ति मुख्य तथा खुला नाका प्रयोग गरी मानव बेचबिखन गर्नेले कामको प्रलोभन वा बिभिन्न वाहाना देखाएर भारत वा तेस्रो मुलुक लैजाने गरेका छन्।
कैलालीको गौरीफन्टा, खर्कौला र कञ्चनपुरको गड्डाचौकी तथा दोधारा–चाँदनी नाका मानव तस्करीका ‘ट्रान्जिट प्वाइन्ट’ नै बनेका छन् । नेपाली नागरिक भारत जाने यीनै मुख्य नाका रहेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ मा मानव बेचबिखन र जबरजस्ती करणी सम्बन्धि कसुर अन्तर्गत दुई जना विरुद्ध मुद्दा दायर भएको छ। यस्तै सुदूरपश्चिममा गत वर्ष मात्र गत आर्थिक वर्ष २०७९/८० मा यस्तो कसुर अन्तर्गत पाँच जना विरुद्ध मुद्दा दायर भएको प्रहरी कार्यालयले जनाएको छ।
मानव बेचबिखन तस्करी तथा ओसारपसार रोकथाम गर्न खुला सीमा नाका मुख्य चुनौती भएको सम्बन्धित सरोकारबालाहरुले बताएका छन्। गरिबी, अशिक्षा, देखासिकी, वैदेशिक रोजगारीको लहरलगायत विभिन्न आर्थिक तथा सामाजिक कारणले नेपाली महिला बेचबिखनमा पर्ने गरेका छन्। नेपाल भारतसँग खुला सीमा नाका भएकाले मानव बेचबिखन गर्नेले बेचबिखनका बिभिन्न स्वरूप परिर्वतन गर्दै आएको माईती नेपाल कैलालीका संयोजक शिवचरण चौधरीले बताए।
उनले भने, वैदेशिक रोजगारीको प्रलोभन देखाएर होस् वा विवाहको बहाना अनेकन प्रपञ्च रचेर भारत पु¥याएर बेच्ने गरेको छ। युरोप, नाइजेरियालगायत देशमा पठाउँछु भन्दै पश्चिमी नाका हुँदै भारत लग्ने र त्यही बेच्ने नयाँ ट्रेन्ड लागू भएर अन्य मुलुकहरुमा लैजाने गरेको उनी बताउँछन्। उनले भने, कतिपयको उद्धार गरेर ल्याइएको र कतीपय उद्धार गर्न नै नसकिने अवस्था रहेको छ। मानव तस्करले ओसारपसारका लागि आफ्नै नातेदारको मान्छे र विभिन्न खुला नाका प्रयोग गर्ने गरी दोस्रो या तेस्रो मुलुकसम्म लैजाने गरिएको पाइएको छ।
यसरी पश्चिम नेपालको भारतसँग सीमा जोडिएका यी नाकाहरु ‘मानव बेचबिखनको ट्रान्जिट प्वाइन्ट’ बन्दा चिन्ताको बिषय बन्न थालेको छ। कुनै पनि व्यक्तिलाई झुक्याएर, थाहा नदिइ, शोषण गर्ने उद्देश्यले, बेचबिखन गर्ने उद्देश्यले एक देशबाट अर्को देशमा वा एक ठाउँबाट अर्को ठाउँमा लैजाने काम मानव बेचबिखन हो। मानव बेचबिखनमा पीडितको मञ्जुरी हुँदैन। मानब बेचबिखनमा विभिन्न खालको जस्तै,अंग प्रत्यारोपण अथवा वेश्यावृत्ति, बाध्यकारी श्रमको लागि पनि लगिएको हुनसक्ने सरोकारवालाहरुको भनाई छ।
पीडित व्यक्तिलाई जानकारी नदिइ शोषण गर्ने उद्देश्यले कोही व्यक्तिलाई एक ठाउँबाट अर्को ठाउँमा लगिए त्योलाई मानव बेचबिखन भन्ने गरिएको छ। माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले मानव बेचबिखन जस्तो जघन्य अपराध बढ्दै बताइन् । , ‘यो एक देश र पक्षको पहलबाट सम्भव छैन्, संयुक्त प्रयास गर्नुपर्छ।’ संयुक्त आयोजना गरिने छलफलबाट मानव बेचबिखन रोकथामका लागि कार्यरत संघ संस्था सहित सरकारी अधिकारीलाई थप क्रियाशिल बनाउनका लागि छलफल आयोजना गरिने उनले बताईन् ।
मानव बेचबिखन तथा ओसारपसार सम्वन्धि ऐन २०६४ ले यस्तो कार्यमा संलग्न व्यक्तिलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाखसम्म जरिवानाको व्यवस्था छ। मानव बेचबिखन र जबरजस्ती करणी अपराधमा बालबालिका किन्ने, बेच्ने वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले विदेश लैजाने सम्वन्धि कसुर अन्तर्गत १५ देखि २० वर्षसम्म कैदको व्यवस्था छ। भने एक लाखदेखि दुई लाखसम्म जरिवानाको व्यवस्था रहेको छ। मानव बेचबिखन र जबरजस्ती करणी गम्भिर अपराध भएपनि प्रदेशभित्र यस्ता काम बढी रहेको प्रहरीले जनाएको छ। मानब बेचबिखन, महिला तथा बालबालिका ओसारपोसार, रोकथाम तथा नियन्त्रणका उपायबारे सरोबारबालाहरुले जानकारी गराउँदै आएपनी मानव तस्करी रोकिन सकेको छैन्।