धनगढी। अन्तरास्ट्रिय पर्यटन दिवस मनाउनका लागि उध्योग पर्यटन, बन तथा वातावरण मन्त्री रमेश धामी सहितको टोलि अपि हिमाल प्रस्थान गरेको छ। अपि हिमाल बेस क्याम्पमा आयोजना हुने अन्तरास्ट्रिय पर्यटन दिवस मनाउन धामी सहितको टोलि त्यस तर्फ प्रस्थान गरेको हो।
असोज १० गते दार्चुलाको अपि हिमाल गाउपालिका र सुदुरपस्चिम को उध्योग,पर्यटन, बन तथा वातावरण मन्त्रालयको सहकार्यमा आयोजना हुन लागेको अन्तरास्ट्रिय पर्यटन दिवसमा कैलाली कंचनपुर बाट मात्र १०० बढी पर्यटक आज त्यहाँ पुग्दै छन्। दिवसकै लागि नाटा सुदुरपस्चिम को टोलि सनिवार नै धनगढी बाट प्रस्थान गरिसकेको छ।