धनगढी। कैलाली चुरे गाउँपालिका वडा नम्बर ६ ओखलढुंगाका वीरबहादुर सिंह १७ वर्षदेखि सम्पर्क विहीन भएका छन् । रोजगारीका लागि २०६३ सालमा १८ वर्षको उमेरमा रोजगारीका लागि भारतको मुम्बई गएका सिंह १७ वर्षदेखि घरपरिवारको सम्पर्कमा आएका छैनन्।
कमाउन परदेश गएका सिंह वर्षौंदेखि सम्पर्कमा नआएपछि परिवारजनले उनको खोजीका लागि पहल गरिदिन आग्रह गरेका छन् । मुम्बईमा केही वर्ष बसेर कालापहाड भन्ने ठाउँमा गएको खबर पाएका थियौँ। तर उहाँ अहिलेसम्म पनि परिवारको सम्पर्कमा आउनुभएको छैनु, सिंहका भाञ्जा प्रेम देउवाले भने ।
उनले सिंहका बारेमा कुनै जानकारी भए खबर गरिदिन आग्रह गरे। कोही कसैले कतै देख्नुभयो भने नजिकैको प्रहरी कार्यालयमा वा ९८६७४०८८७७ र ९८६४३१६८०२ नम्बरमा खबर गरिदिन हार्दिक अनुरोध गरेको देउवाले बताएका छन् ।