बैतडी। बैतडीमा बारुद बनाउने गन्धक र सुरासहित एक महिला पक्राउ परेकी छन् । बैतडीको दशरथचन्द नगरपालिका–८ झुलाघाटको मौरी भीरमा गन्धक २ किलो र सुरा १० किलोसहित सोही नगरपालिकाको २ नम्बर वडा देहिमाण्डौकी ४२ वर्षिया पुष्पा बोहरालाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको से १ ज ४०९ नम्बरको जिपमा सवार बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाण्डौकी ४२ वर्षीया पुष्पा बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
प्रहरीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा आलुको बोराभित्र लुकाई छिपाई भारतबाट नेपालतर्फ ल्याउँदै गरेको बेला पुष्पालाई पक्राउ गरिएको हो ।घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।