धनगढी। धनगढीमा वृक्षारोपणको तारजाली नै तोडेर अटोरिक्सा चालक भागेपछि उनको खोजी भैरहेको छ। कैलालीको मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी उपमहानगरपालिका स्थित बोराडाँडी नजिक वृक्षारोपण गरेको तारजाली नै तोडेर अटोरिक्सा चालक भागेका छन्।
सडकको मध्य भागमा लगाइएको तारजाली तोडेर सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४३७३ नम्बरको अटो रिक्सा चालक भागेको उपमहानगरपालीकाले जनाएको छ। नगर प्रमुख गोपाल हमालले बोराडाँडी नजिक सडकको मिडियममा लगाएको तार जाली तोडेर अटो रिक्सा चालक भागेकाले चिन्नु हुने र भेटाउनु हुने व्यक्तिले ०९१-५९०६९० मा जानकारी गराई सहयोग गरिदिन हुन हार्दिक अनुरोध गरेका छन्।
केही दिन अघि धनगढी उपमहानगरपालिका भन्सार नजिक छ लेन सडकको छेउमा विद्युत कार्यालय नजिक र मिलन चोक नजिक रोपिएको बिरूवा भाँचेर भागेका ब्यक्तीलाई थाहा पाउने र चिन्नु हुनेले उपमहानगरपालिकालाई सम्पर्क गर्न अनुरोध गरेका छन्। यस्तै धनगढी वडा नम्बर ७ क्याम्पस रोडदेखि महनरा सम्म हुलाकी सडकमा भएको बृक्षारोपणमा मोति चोक नजिक बिरूवाको सँरक्षण गर्न लगाएका ४ वटा ट्रीगाडहरू ढलाएर क्षती पुर्याएकाले उक्त व्यक्ति को-हो भन्नेबारे उपमहानगरपालिकालाई जानकारी गराउन नगर प्रमुख हमालले भनेका छन् । साथै उनले आ-आफ्नो अगाडी रहेको बिरूवाको सरक्षण एवं हेरचाह गरि दिन हुन सम्पूर्ण नगरवासीमा अनुरोध गरेका छन्।