काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राखेको इतर पक्षको बैठकमा आगामी केन्द्रीय समितिको बैठकको रणनीतिबारे छलफल भएको छ।
बालुवाटारस्थित सम्पर्क कार्यालयमा बसेको बैठकमा असोज ४ गते बसेको केन्द्रीय समिति बैठकको एजेण्डाबारे छलफल भएको नेता दिलेन्द्र बडूले बताए। उनले भने, ‘कार्यतालिकामा छलफलपछि र बैठकको निर्णयलाई कार्यान्वयन गराउँनुपर्छ। पार्टीलाई थप क्रियाशिल पार्ने र आगामी कार्यदिशाबारे छलफल भएको छ।’ बैठकमा महासमितिको बैठकबारे पनि छलफल भएको बताए ।
उनले भने, ‘पार्टी अझै सशक्त हुनुपर्छ पार्टीलाई एक्लै चुनाव लडेर पनि बहुमतको सरकार बनाउन सक्ने तयारी अवस्थामा पुर्याउनुपर्छ।’उनले बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई मात्रै नभएर सबैलाई बोलाएको बताए।
संसदीय दलको नेता परिवर्तनबारे छलफल नभएको बताए। उनले सरकार कामको बारेमा समीक्षा गरेको बताए। बैठकमा पार्टीको साझा एजेण्डाको विषयमै केन्द्रित भएर छलफल गरेको उनको भनाइ छ।उनले भने, ‘केन्द्रीय समितिको बैठकबारे छलफल गर्नको लागि बैठक राखिएको हो। सूचना भएका साथीहरू हुनुहुन्छ कति हुनुहुन्न। जो सूचना भएको आउनुभएको छ ।’