धनगढी। धनगढीमा रहेको दृष्टि फाउन्डेसनमा २५ थान म्याट सहयोग गरिएको छ। अभिनेता पल शाह र धनगढीका युवा व्यवसायी तथा समाजसेवी मिलन कुवँरले फाउन्डेसनलाई म्याट सहयोग गरेका हुन।
नेपाली हिन्दु नारीहरुको महान चाड तीजको अवसरमा अभिनेता शाह र समाजसेवी कुवरले असहाय नारीहरुलाई म्याट सहयोग गरेको फाउन्डेसनकि सञ्चालिका कल्पना भट्टले बताइन् ।उनले फाउन्डेसन सहारा लिइरहेका मानसिक सन्तुलन गुमाएका महिलाहरुको लागी झण्डै १ लाख ५ हजार बढिका ओछ्याउने म्याट सहयोग गरेको बताइन् ।
यस्तै खाजाको लागि ५ पेटि चाउचाउ लगाएत अन्य खाद्यान्न सामाग्री समेत सहयोग गरिएको छ ।यसरी तीजको लहर चलिरहेका बेला गरिएको सहयोगले दृष्टि फाउन्डेसन परिवारमा पनि छुट्टै रहर थपिएको भट्टले बताइन् । उनले सहयोग गर्ने सम्पूर्ण दाताहरूलाई आगामी दिनमा पनि सहयोगको अपेक्षा सहित धन्यवाद प्रकट गरिन्। मानसिक सन्तुलन गुमाएर परिवार, समाजले हेला गरेका नारीहरुलाई राहत होस् भन्ने उद्देश्यले म्याट सहयोग गरिएको समाजसेवी मिनल कुवरले बताए।
असहाय र साहारा बिहिनहरुलाई सहारा दिइरहेका दुबै फाउन्डेसनले समाजमा उदाहरणीय काम गर्दै आइरहेको उनले बताए। उनले समाजसेवी हातहरुले गर्दा समाजमा रहेका असहाय र बेसहाराहरुले सहारा पाइरहेको बताए । दृष्टि फाउन्डेसनमा हाल ५० जनाबढी मानसिक सन्तुलन गुमाएका महिला तथा बालबालिकाहरु बसोबास गरिरहेका छन।