जयपुर। भारतको जयपुरमा एक सुटकेसमा एक नेपाली महिलाको फेला गरेको छ। बिहीबार ३ सय फिट गहिरो खोँचमा ३० वर्षीय ती महिलाको शव फेला परेको थियो। लक्ष्मी नाम गरेकी उनलाई ४ महिला अघि दिल्लीबाट त्यहाँ लगिएको बताइएको छ।
चित्रकुट प्रहरीका एसएचओ बलबीर कासवानले ती नेपाली महिलाको एक बच्चा पनि रहेको पत्ता लागेको जानकारी दिए। प्रहरीले हत्याको आरोपमा २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३५ वर्षीय स्वपन मण्डल र ३० वर्षीय सुमन विश्वास रहेका छन्।दुवै जना पश्चिम बङ्गालका हुन्। स्वपन वेश्यावृत्तिको सञ्जालमा संलग्न रहेको बताइएको छ।
उनले विभिन्न स्थानबाट महिला ल्याएर होटलमा राख्ने गरेको प्रहरीको भनाई छ। स्वपनले नै महिलालाई ४ महिनाअघि दिल्लीबाट ल्याएर पहिले होटेलमा राखेको र पछि एउटा फ्ल्याटमा राखेको अनुसन्धानबाट खुलेको छ। प्रहरी स्रोतका अनुसार केही दिनअघि मृतक र स्वपनबीच विवाद भएको थियो। विवादकै क्रममा महिलाको हत्या गरेर उनको शव नहर्ग्राहमा फालिएको प्रहरी बताउँछ।अतिरिक्त प्रहरी आयुक्त डा कैलाशचन्द्र बिष्णोईका अनुसार प्रारम्भिक अनुसन्धानमा आपसी विवादका कारण गत वैशाख २५–२६ राति अभियुक्तले नेपाली युवतीको हत्या गरेको थियो ।
त्यसपछि २७ अप्रिलको राती शवलाई सुटकेसमा राखेर नाहरगढको पहाडमा फालिएको थियो । यसैबीच विशेष टोलीका हवल्दारले बालिका बेपत्ता र हत्या भएको जानकारी पाए । त्यसपछि प्रहरीले दुवै अभियुक्तलाई पक्राउ गरी सोधपुछ गरेको थियो । जसमा उनले शवलाई सुटकेसमा राखेर नाहरगढको जंगलमा फालिदिएको जानकारी दिएका थिए । त्यसपछि उनीहरुको सूचनामा प्रहरीले सुटकेस बरामद गरेको थियो । डीएसटी वेस्ट इन्स्पेक्टर गणेश सैनीले यस सम्बन्धमा मुद्दा दर्ता गरेका छन्।