धनगढी। धनगढीबाट लागूऔषधसहित कञ्चनपुरका एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका २ त्रिनगर ब्यारेलबाट लागूऔषधसहित कञ्चनपुरका पदम बिष्ट पक्राउ परेका हु्न्।
शनिवार साँझ स्पास नामक १५५ पिस र अल्पाजोलम २० पिस ट्याब्लेट लागूऔषधसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ बस्ने २४ वर्षीय पक्राउ परेका हुन्। प्रहरी चौकी त्रिनगरबाट खटिईएको प्रहरी टोलीले चेकजाँच गर्दा बिष्टको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।