धनगढी। घर घरमा स्वरोजगार,सबै हुनेछन् रोजगार भन्ने मुल नाराका साथ कैलालीको गोदावरीमा रहेको नायल कृषि सहकारी संस्थाले दोस्रो साधारण सभा सम्पन्न गरेको छ । किसानले उत्पादन गरेको दुग्धजन्य पदार्थ दैलोबाटै संकलन गरि सहजिकरण गर्दै आएको गोदावरी नगरपालिका वडा नम्बर १२ मा रहेको संस्थाले दोस्रो साधारण सभा सम्पन्न गरेको हो।
संस्थाका अध्यक्ष मदनराज गिरीको सभापतित्वमा भएको साधारण सभाको प्रमुख अतिथिमा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट रहेका थिए। सभा अध्यक्ष मदनराज गिरीले गाउँ घरमा सहकारीलाइ डेरी भनेर बुझने गरेको छ, तर यो डेरी नभई दुध संकलन केन्द्र रहेको बताए । शेर सदस्यले उत्पादन गरेको दुध संकलन केन्द्र एउटा चिस्यान केन्द्र रहेको शेर सदस्यहरुमा प्रष्ट पर्नु भएको थियो। नगरप्रमुख बिरेन्द्र भट्टले सहकारीले गाउँ घरमा बस्ने दाजुभाइ दिदिबहिनीहरुको जिवन उकास्न मदत पुगेको सहकारीको ऋणले स्वरोजगर पनि भएको बताए । नायल सहकारी संस्थाको सातमा गोदावरी नगरपालिका सधैं भरी राम्रो काम रहने नगरप्रमुख भट्टले बताए ।
यस्तै सहकारी संस्थाका उपाध्यक्ष सुरेश कौशलले स्वागत मन्तव्य राखेका थिए । सहकारी संस्थाको प्रगति विवरण कोषाध्याक्ष पार्वती उपाध्याय ओझाले गरेकी हुन। दोस्रो साधारण सभा सम्पन्न गरेको सहकारीले आर्थिक वर्ष २०७९/८० को आय व्यय सार्वजनिक गरेको छ । सहकारीका अध्यक्ष पदमराज गिरिका अनुसार यस वर्ष मात्र सहकारीले दुई लाख ५० हजार ९ सय ३५ रुपयज नाफन कमायको छ । १५ लाख ९ हजार ८ सय ९ व्यवसायीक आय रहेको सहकारीको १२ लाख ५८ हजार ८ सय ७४ खर्च रहेको थियो ।सो कार्यक्रममा ११ वडा अध्यक्ष प्रेम बैडला, ११ अध्यक्ष भिम खड्का लगायतका अतिथिहरुले संस्थाको १२ औं बार्षिक साधारण सभाको सफलताको शुभकामना गरेका थिए। कार्यक्रम संचालन श्याम नेपालीले गरेका थिए ।