बैतडी। बैतडीमा सर्पले डस्दा एक किशोर घाइते भएका छन्। बैतडीको मेलौली नगरपालिका १ बगजेबलाका १७ वर्षीय सुजल दयाल सर्पको डर्साइबाट घाइते भएका हुन्।
शुक्रबार बेलुका घरनजिकै बाटोमा हिडिरहेका बेला सुजललाई सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता योगेश खत्रीले जानकारी दिए। घाइते सुजलको खुट्टामा टोकेको र उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको बताइएको छ।