कञ्चनपुर। कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एक जना घाइते भएका छन्। कञ्चनपुरस्थीत पूर्व-पश्चिम राजमार्ग अन्तर्गत अर्जुनी ब्यारेक नजिक बा ४४ प १०२ नम्बरको पल्सर कम्पनीको स्कुटर दुर्घटना हुँदा शुक्लाफाटा नगरपालिका १० का ललित अवस्थी घाइते भएका हुन्।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार शुक्रबार साँझ महेन्द्रनगरबाट अत्तरियातर्फ आउने क्रममा स्कुटर अनियन्त्रित भई अवस्थी दुर्घटनामा परेका हुन्। अहिले उनको महाकाली अस्पतालमा उपचार भैरहेको छ। उहाँको स्वास्थ अवस्था खतरामुक्त रहेको बताइएको छ ।