धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको डिस्कभरी इंग्लिस बोर्डिङ स्कुल माध्यामिक तह सम्मको खुल्ला हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएको छ। आज वाल दिवसका अवसरमा खुल्ला हाजिरी जवाफ प्रतियोगिताको आयोजक प्रथम भएको डिस्कभरी इंग्लिस बोर्डिङ स्कुलका प्रमुख योगेन्द्र बहादुर सिंहले जानकारी दिए।
यस्तै हाजिरी जवाफ प्रतियोगिताको दोस्रोमा मिलन इंग्लिस स्कुल र एरिष्टो इंग्लिस माध्यमिक बिद्यालय तृतिय भएको छ । प्रतियोतामा प्रथम हुने विद्यालय लाई प्रमाणपत्र सहित नगद १० हजार पुरुस्कारको ब्यवस्था गरिएको थियो । त्यस्तै दोस्रो लाई प्रमाणपत्र सहित नगद ५ हजार र तृतिय हुने विद्यालय लाई ३ हजार प्रदान गरीएको सिंहले बताए । प्रतियोगितामा धनगढीका १६ विद्यालयको सहभागिता रहेको थियो ।
हाजिरी जवाफ प्रतियोगिता बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष बिर्ख बहादुर रोकाको सभापतित्व रहेको कार्यक्रमका प्रमुख अतिथी एश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट रहेका थिए । बिशिष्ट अतिथीमा धनगढी वडा नम्बर ८ का वडा अध्यक्ष जुगराम चौधरी रहेका थिए । हाजिरी जवाफ प्रतियोगिताले विद्यार्थीहरुमा मानसिक अवस्थाको विकास हुनुका साथै अनुशासित र व्यवस्थित गर्ने महत्वपुर्ण भुमिका खेल्ने सिंहको विश्वास रहेको थियो । विद्यार्थी जिवनमा धेरै विषयको सैद्धान्तिक तथा व्यवहारकि ज्ञान हुन आवश्यक रहेको हुदाँ डिस्कभरी इंग्लिस बोर्डिङ स्कुलले अतिरिक्त क्रियाकलापका कार्यक्रमलाई पनि निरन्तरता दिदै आएको सिंहले बताएका छन्।