दार्चुला। दार्चुलामा बिहीबार चट्याङ लागेर एक युवती घाइते भएकी छन्। दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ औडाखानका मनीराम लुहारकी १८ वर्षीया छोरी शान्ति लुहार चट्याङ लागेर घाइते भएकी हुन्।
उनलाई स्थानीय स्वास्थ्यचौकीमा उपचार पछि अवस्था सामान्य भएकाले घर पठाइसकेको प्रहरीले जानकारी दिएको छ। यस्तै बिहीबार दार्चुलाकै शैलेशीखर नगरपालिका–५ सेतकला स्थित एक घरमाथि चट्याङ पर्दा तीन पशुचौपायाको मृत्यु भएको प्रहरीले बताएको छ।