धनगढी। धनगढीमा बालुवा चोरी गरिरहेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिइएको छ। धनगढी वडा नम्बर–१७ पथरीबाट नदिजन्य पदार्थ चोरी गरिरहेको से२ त १०३७ नम्बरको ट्याक्टरलाई धनगढी उपमहानगरपालिकाले नियन्त्रणमा लिएको हो ।
गएराति राति ११ बजे वालुवा चोरी गरिरहेको अवस्थामा ट्याक्टर उपमहानगरपालिकाका नगर प्रहरीहरुले पक्राउ गरेका हुन् । पक्राउ गरिएको ट्याक्टर धनगढी उपमहानगरपालिकामा ल्याइएको छ। असार १ गतेदेखि भाद्र ३१ सम्म कुनैपनि नदि खोलाबाट नदिजन्य पदार्थ उत्खनन गर्न नमिल्ने व्यवस्था छ। नियन्त्रणमा लिएको ट्याक्टरमाथी उपमहानगरपालीकाले थप अनुसन्धान गरिएको छ ।