बैतडी। रोजगारीको सिलसिलामा भारत गएका बैतडीका सुरेन्द्र साउँदको मृत्यु भएको छ। भारतको दिल्लीमा रहेका बैतडीको शिवनाथ गाउँपालिका–१ कुँड घर भएका अन्दाजी २८ वर्षीय सुरेन्द्रको मंगलवार निधन भएको उनका आफन्त दशरथ चाडले बताए।
गएको चाररपाँच वर्षदेखि रोजगारीका लागि दिल्लीमा रहेका साउँदको हृदयघातका कारण निधन भएको चाडले बताए। परिवारसहित दिल्लीमा बस्दै आएका साउँदको मृत्यु भएपछि परिवारको विचल्ली भएको छ। मंगलवार एक्कासी ढलेका साउँदलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक साउँदका एक छोरी र श्रीमती रहेका छन्। उनीहरु पनि दिल्लीमै रहेको बताइएको छ।