दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिका–२ का वडा सचिव खेमराज कपाडी बैतडीमा मृत भेटिएका छन् ।शैल्यशिखर–२ रौतेउडा निवासी २८ बर्षीय कपाडी बैतडीको दोगडाकेदार गाउँपालिका–५ सल्सेनामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
आइतबार बिहान तालिममा सहभागी हुन मोटरसाइकलमा डडेल्धुरा हिडेका कपाडीको शव र मोटरसाइकल आज ९मंगलबार० भेटिएको छ । मोटरसाइकल सडकभन्दा १ सय ५० मिटर तल भेटिएको छ भने, मृतकको शव सडकबाट २ सय मिटर तल भेटिएको छ ।
कपाडी आइतबार बिहान १० बजे डडेल्धुरास्थित तालिममा सहभागी हुन बिहानै ४ बजे घरबाट हिडेको तरुण दल केन्द्रीय सदस्य घनश्याम भट्टले बताए । कपाडीको मोटरसाइकललाई ठूलो गाडीले ठक्कर दिएको आशंका गरिएको छ । घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।