बाजुरा। पहिरो पञ्छाएसंगै साँफे मार्तडी राजमार्ग पुनः सुचारु भएको छ । शनिबार राती परेको अविरल वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने सो राजमार्गमा पहिरो गएपछि केही समय अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार एक्स्काभेटरले पहिरो सफा गरेपछि साँफे मार्तडी राजमार्ग पुन सुचारु भएको हो । बर्खाको समय सो सडकमा पहिरो बग्ने भएकोले एक्स्काभेटर राखिएको थियो ।