काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङसँग काठमाडौं जिल्ला अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ । आइतबार न्यायाधीश भोलानाथ ढकालको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिँदै २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको हो ।
बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो ।जिल्ला अदालतले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको छ, तर सबैको धरौटी रकम बेग्लाबेग्लै छ ।