धनगढी। कन्चनपुरमा लागुऔषध सहित एक जना पक्राउ परेका छन् । कन्चनपुरको बेलौरीबाट लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० बस्ने कृष्ण हमालको छोरा २६ बर्षिय हिक्मत हमाललाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट प्रहरी नायव निरिक्षक प्रकाश कडायतको कमाण्डमा रहेको सादा पोशाक टोलीले उनलाई ४७ ग्राम ७५ मिलिग्राम लागूऔषध सहित पक्राउ गरेको हो । उनलाई भारतबाट नेपाल आउदै गर्दा नगरपालिकाको वडा नम्वर ९ स्थित कलकत्ताबाट पक्राउ गरेको र थप अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।