धनगढी। नेचर एण्ड इन्भाइरोमेन्ट क्लबले कैलाली बहुमुखी क्याम्पसमा सर सफाई कार्यक्रम गरेको छ। शुक्रबार क्लबले क्याम्पस गेट हुँदै खानेपानी धारा, लगायत क्याम्पसका बिभिन्न ब्लग परिसर क्षेत्रमा सर सफाई गरेको हो।
सर सफाई कार्यक्रममा आयोजक, बिद्यार्थी, प्रध्यापक, क्याम्पस प्रमुख, स्ववियु सभापतीको सहभागीता रहेको थियो। यस्तै सर-सफाई कार्यक्रमको अवसरमा कैलाली बहुमुखी क्याम्पस प्रशासनले क्लबलाई ८ ओटा फोहोर व्यवस्थापनका लागी डस्टबिन लगायत अन्य सामाग्री उपलब्ध गराई गराएको छ। कार्यक्रममा ६५ जनालाई भन्दा बढीको उपस्थित रहेको थियो । कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा क्लबका अध्यक्ष तेज जंग मल्लले धन्यवाद ब्यक्त गरेका छन्। 



