कञ्चनपुर। कञ्चनपुरमा क्रसर उद्योगमा करेन्ट लाग्दा एक मजदुरको मृत्यु भएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका–७ को सुन्दरपुरमा सञ्चालित उदयदेव अनमोल क्रसर उद्योगमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको हो ।
बिहीबार साँझ भारतको उत्तर प्रदेश सहारानपुरका २५ वर्षीय फैजन भन्ने फरमान अन्सारीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार मसिनबाट करेन्ट लागी गम्भीर घाईते भएका फरमानलाई महेन्द्रनगरस्थित मन्त्र अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।