कञ्चनपुर। कञ्चनपुरमा सरकारी रकम हिनामिना मुद्वामा फरार प्रतिबादी पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरको २०७९ चैत्र २८ गतेको फैसलाले सरकारी रकम हिनामिना मुद्वामा २ वर्ष ६ महिना कैद र १५ लाख ९१ हजार ७४ रुपैयाँ जरिवाना तोकिई कर्णबहादुर बिष्ट फरार रहेका थिए।
५२ वर्षीय कर्णलाई बिहीवार उनकै घर ठेगाना भिमदत्त नगरपालिका ३ बाट प्रहरीले पक्राउ गरी जिल्ला कारागार कञ्चनपुर पठाईएको जनाएको छ।