कञ्चनपुर। कञ्चनपुरको भिमदत्तमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। कञ्चनपुरको भिमदत्त नगरपालिका २ भाँसीका २२ वर्षीय अबिषेक चौधरी लागुऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ परेका हुन्।
बाटोमा बसी लागुऔषध प्रयोग गरिरहेको अवस्थामा फेला पारी बिहीवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिईएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। चेकजाँच गर्दा उनको साथमा ०.०५ ग्राम लागुऔषध खैरो हेरोईनसमेत फेला पारी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।