धनगढी। धनगढीमा स्कुटरले ठक्कर दिदा एक जना पैदलयात्री गम्भीर घाईते भएका छन्। धनगढी ५ हसनपुरस्थीत वाल्मिकी स्कुल नजिकै सु.प.प्र ०१०११ प ९१०५ नम्बरको स्कुटरले सोही ठाउँका ४० बर्षिय ज्युधन चौधरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
आज बिहान साढे ५ बजे स्कुटरको ठक्करबाट गम्भीर घाईते भएका चौधरीको धनगढीस्थीत निर्सग हस्पिटलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। चालक लक्ष्मी शाह सहित स्कुटर प्रहरी नियन्त्रणमा रहेको बताइएको छ।