धनगढी। कैलालीमा जङ्गली हात्तीको झुण्डले धान बालीमा क्षति गरेको छ। कैलालीको कैलारी गाउँपालिका ७ भुइयाफाँटामा जङ्गली हात्तीले धान बालीमा क्षति पुर्याएको हो।
भारतको दुधुवा नेश्नल पार्कबाट आइतबार राति आएको जङ्गली हात्तीको झुण्डले धान बालीमा क्षति पुर्याएको स्थानियले बताएका छन् । भुइयाफाँटाका स्थानीय तुलसीराम चौधरीले हात्तीले करिब २ बिघा धान बालीमा क्षति पुर्याएको बताए। स्थानीयले हो-हल्ला गर्दै हात्तीलाई त्यहाँबाट भएको चौधरीले जानकारी दिएका छन्।