कैलाली। कैलालीको लम्कीमा एक महिलाको खोलामा डुबेर मृत्यु भएको छ। कैलालीको लम्की–चुहा नगरपालिका–५ तिलकपुरकी ४० वर्षीया पुष्पा ढकालको शनिबार रोडा खोलामा डुबेर मृत्यु भएको हो।
लम्की–चुहा नगरपालिका-१ स्थित रोडा खोलामा डुबेर शनिबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ । डुबेर अशक्त भएकी पुष्पाको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।


